देशलाई विदेशी शक्तिको ग्रान्ड डिजाइनले कमजोर बनाइएको दुर्गा प्रसाईंको आरोप
काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियान’का संयोजक दुर्गा प्रसाईले देशलाई विदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’ अन्तर्गत सुनियोजित रूपमा कमजोर बनाइएको दाबी गरेका छन् ।
आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा उहाँले आफूले सुरु गरेको अभियान बैंकको ब्याज नतिर्ने बहाना नभई देशलाई लुटतन्त्रबाट बचाउने प्रयास भएको दाबी गरेका हुन । प्रसाईँले आफ्नो आक्रोश केही सीमित व्यापारी र समूहप्रति लक्षित रहेको स्पष्ट पारे ।
प्रसाईंले देशमा राजसंस्था र हिन्दू राष्ट्र हटाउनु ‘ग्रान्ड डिजाइन’को हिस्सा भएको दाबी गरे । त्यस्तै, प्रसाईसँग काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरु र प्रहरी प्रमुखहरुले छलफल गरेका छन् ।
छठपछि प्रसाईंले आन्दोलन गर्ने बताएपछि प्रमुख जिल्ला अधिकारीहरुले छलफल गरेका हुन् । छलफलमा तीनै जिल्लाका सीडीओहरु र तीनै जिल्लाका प्रहरी प्रमुखहरुको उपस्थित रहेको थियो । प्रसाईंले अभिव्यक्त गरेका विचार तथा सामाजिक सञ्जालहरुमा प्रसारित विषयमा पनि छलफल भएको हो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE