शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

काँग्रेसमा नियमित महाधिवेशन हुन्छ, एकतावद्ध भएर अघि बढौंः पूर्णबहादुर खड्का

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको नियमित महाधिवेशन हुने बताएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालयमा सानेपामा आयोजित नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा स्पष्ट पारेका हुन ।

पार्टी महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गरिरहेको उल्लेख गर्दै उनले नियमित महाधिवेशनमार्फत नै सो समस्याको समाधान हुने तर्क समेत गरेका हुन । कार्यवाहक सभापति खड्काले पार्टीको चालु केन्द्रिय कार्य समिति बैठकले मुलुकलाई निकास दिनेगरी पार्टीको विधानअनुसार सबै निर्णयहरु लिने दाबी समेत गरे । पार्टी भित्रको एकतामा जोड दिँदै कार्यवाहक सभापति खड्काले काँग्रेसले विगतमा जस्तै मुलुकलाई अघि बढाउन मियोको रुपमा भुमिका खेल्ने गरी आवश्यक निर्णय लिने पनि बताए ।

उनले भने, ‘हामी नेपाली काँग्रेसको चालु केन्द्रिय कार्य समितिको बैठकबाट नेपाली काँग्रेसको नियमित पार्टीको विधानअनुसारको निर्णय, मुलुकको यो सबै परिदृश्यमा देखिएका सबै राजनीतिक घटनाक्रमहरुमा हाम्रो उत्तरदायित्व, हाम्रो जिम्मेवारी, सबै दलहरुसँग हामीले मिलेर जाने हाम्रो विगत जस्तै प्रतिवद्धता, संविधान रक्षाको प्रतिवद्धता र हामीले लिनुपर्ने तमाम जिम्मेवारीपूर्वकका निर्णयहरु हामी एकतावद्ध भएर केन्द्रिय कार्य समितिको बैठकबाट सम्पन्न गर्नेछौं ।

म त्यो तपाईहरुमार्फत सिंगो देशका नेपाली काँग्रेसका नेताहरु, शुभेच्छुकहरु, क्रियाशील सदस्यहरु, सम्पूर्ण भ्रातृ संस्थाहरु र नेपालको लोकतान्त्रिक, प्रजातान्त्रिक आन्दोलनप्रति, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति विश्वास गर्ने सिंगो जनमतप्रति, हाम्रा आदरणीय मतदाताप्रति नागरिकप्रति म त्यो विश्वास नेपाली काँग्रेसका सम्पूर्ण नेताहरुको तर्फबाट केन्द्रिय कार्य समितिको तर्फबाट आजको यो क्षणमा दिलाउन चाहन्छु ।

त्यही एकताको भावबाट, त्यही समिक्षाको भावबाट निकालिएको निष्कर्षको आधारमा हामी चालु केन्द्रिय कार्य समितिको बैठकबाट निर्णयहरु गर्नेछौं । जतिपनि विषयहरु हामीले अगाडि सारेका छौं । ती सबै विषयहरुमा छलफल व्यापक चलिरहेको छ । विमर्श चलिरहेको छ ।

सबै नेताहरुले आ आफ्नो तरिकाले आफूलाई लागेको कुरा खुलस्त भन्नुभएको छ । भन्ने क्रम जारी छ । ती सबै विचारहरु, दृष्टिकोणहरु, फरक फरक कोण र जोडहरुलाई एक ठाउँमा जोडेर हामी चालुक केन्द्रिय कार्य समितिको बैठकबाट घोषणा भएको निर्वाचन, हाम्रो पार्टीको नियमित अधिवेशन, भ्रातृ संस्थाहरुको चालु रहेका अधिवेशन सबै विषयहरुलाई अगाडि राखेर पार्टीका महाधिवेशन प्रतिनिधिहरुले प्रश्तुत गरेका विशेष महाधिवेशनको प्रश्तावलाई पनि समाधान नियमित महाधिवेशनको सीमाभित्र जोडेर हामी सम्पूर्ण एकता, वृहत एकता, नेपाली काँग्रेसका अगाडि आएको चुनौति र सँगसँगै आएको अवसर नेपालको राजनीतिमा फेरी नेपाली काँग्रेसले मियोको रुपमा यो प्रतिकुलताबाट जलेको देशको खरानीमा रुपान्तरण भएको पार्टीका साथीहरुको सम्पती, व्यापार व्यवसायमा भएको क्षति लगायतका सम्पूर्ण प्रतिकुलतालाई अनुकुलता बदल्नका लागि फेरी नेपाली काँग्रेसमाथि विश्वास गर्ने अवस्थाको सृजना गर्ने र मुलुकको अहिलेको परिस्थितिलाई समाधान गर्दै राष्ट्रिय एकता, संविधानको रक्षा, सबै दल, सिंगो नागरिक समाज, सञ्चार जगत सबैलाई एक ठाउँमा उभिने परिस्थितिको निर्माण गर्ने त्यो विश्वास जगाउने गरी केन्द्रिय कार्य समितिबाट सर्वसम्मत निर्णय गराउनेछौं ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x