सोमवार, कार्तिक ११, २०८२
Monday, October 27, 2025

सरकारले घोषित मितिमै चुनाव गराउनुपर्छ : डीपी अर्याल

  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले सरकारले घोषित मितिमै चुनाव गराउनुपर्ने बताएका छन् । आज भैरहवामा पत्रकारहरूसँग कुरा गर्दै अर्यालले मुलुकलाई सही निकास दिन चुनाव बाहेक अरू विकल्प नभएको बताए ।

‘रास्वपा चुनावमा केन्द्रित भइसक्यो, पार्टी उपसभापति स्वर्णिम वाग्लेले नेतृत्वमा बाचा पत्र तायारेको काम भइरहेको छ, कार्तिक १५ गते निर्वाचन केन्द्रित कार्यक्रम घोषणा गर्दैछौं,’ अर्यालले भने, ‘अरू दलले पनि चुनाव सम्पन्न गर्न सहयोग गर्नु पर्छ ।’

अन्तरिम सरकारको मुख्य म्यान्डेट चुनाव गराउनु भएको बताउँदै उनले चुनाव गराउन नसके राज्य असफल हुने बताए । निर्वाचन आयोगले आह्वान गरेअनुसार मतदाता परिचयपत्र बनाउन रास्वपाले ७७ वटै जिल्लामा पार्टीका सबै संरचनालाई कात्तिक २५ सम्म सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिएको अर्यालले बताए ।

पत्रकारको जिज्ञासामा कार्यवाहक सभापति अर्यालले रास्वपालाई मुलधारको पहिलो शक्ति बनाउन जेनजी अगुवा, कुलमान घिसिङ लगायत नयाँ शक्ति र समूहलाई एकै ठाउँमा ल्याउन निरन्तर संवाद र छलफल भइरहेको र वार्ता एकदमै सकारात्मक रहेको बताए । तर, यसबारे सञ्चार माध्यममा आएका समाचारमा सत्यता नभएको अर्यालले स्पष्ट पारे ।

अर्यालले भदौ २३ गते सरकारले जेनजी आन्दोलनमाथि दमन र हत्या गरेको बताउँदै २४ गरेको घटना विध्वंस भएको बताए । भदौ २३ को घटनाका दोषीमाथि कानुन अनुसार कारबाही हुनुपर्नेमा जोड दिँदै उनले गौरी बहादुर कार्की नेतृत्वको आयोगले नपुगे त्यसलाई थप विस्तार र बलियो बनाउनु पर्ने सुझाए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x