मङ्लबार, कार्तिक १२, २०८२
Tuesday, October 28, 2025

जेन–जी युवाहरुको एकताका लागि पहल गरिदिन प्रधानमन्त्री कार्कीसँग जेन–जेड युनाइटेडको माग

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । जेन–जेड युनाइडेट फर परिवर्तन’का प्रतिनिधिहरुले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् । मंगलवार सिंहदरबारमा जेन–जी आन्दोलनका घाइते, शहीद परिवारका सदस्यहरुसहित युनाइटेडका प्रतिनिधिहरुले प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन् ।

छलफलमा सहभागि जेन–जेड युनाइटेडका प्रतिनिधिहरुले जेन–जी युवाहरुलाई एकतावद्ध राख्नको लागि सरकारको तर्फबाट पहल गर्न माग गरेको बताएका छन् । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै जेन–जी युनाइटेड फर परिवर्तनकी एक प्रतिनिधिले देशभरका जेन–जी युवाहरुको एकताका लागि पहल गरिदिन गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र बुझाएको बताइन ।

जेन–जी आन्दोलनको माग र मर्मअनुसार मुलुकलाई अगाडि बढाउन देशभरका जेन–जीहरु एक हुन आवश्यक रहेकोले सो अभियान जेन–जी युनाइटेड अभियान चलाइरहेको पनि उनले बताइन । उनले जेन–जी समूहहरुलाई एकतावद्ध गर्न सरकारको तर्फबाट आवश्यक पहल गर्नेकुरामा प्रधानमन्त्री कार्की सकारात्मक रहेको पनि बताताइन । जेन–जेड युनाइटेडले जेन–जी समूहहरुको एकताका लागि खबरदारी गर्दै आएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x