मङ्लबार, कार्तिक १२, २०८२
Tuesday, October 28, 2025

गिरीबन्धुदेखि ओम्नी प्रकरणसम्म छानबिन गर्न सरकारलाई एमालेको चुनौती

  • 38
  •  
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

काठमाडौं । नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले भ्रष्टाचारको कुनै पनि मुद्दामा एमालेका नेताहरू जोडिएको भए छानविन गर्न सरकारलाई चूनौति दिएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमालेका नेताहरुमाथि लाग्ने गरेको आरोप गिरीबन्धुदेखि ओम्नीसम्म छानविन गर्न सरकारलाई चुनौति दिएका हुन् ।

पोखरेलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको टीओआर निर्वाचनमात्रै रहेको बताए । सबैभन्दा बढी पपुलर मत पाएका नेता (केपी शर्मा ओली) लाई स्थान हद गरेर निष्पक्ष निर्वाचन हुन्छ भन्ने कुराको विश्वास गर्न नसकिने उनले बताए ।

उनले आवधिक निर्वाचन निष्पक्ष र स्वतन्त्र ढङ्गबाट हुन्छ भन्ने कुराको सुनिश्चितता भए एमाले कुनै हिसाबले पनि निर्वाचनबाट नभाग्ने स्पष्ट पारे । नेता पोखरेलले सरकारमा अहिले जेन–जीको भावना प्रतिबिम्बित गर्ने मानिसहरू नगएको बताए । समृद्धिको दिशामा एमालेले जति काम अरु कसैले गर्न नसकेको उनले दावी गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x