काठमाण्डौ उपत्यकामा बिहानैदेखि पानी पर्ने र रोकिने क्रम जारी
काठमाडौं । काठमाण्डौ उपत्यका र मध्य क्षेत्रका केही ठाउँमा आज पानी पर्ने र रोकिने क्रम चलिरहने र त्यसपछि मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
काठमाण्डौ उपत्यकामा बिहानैदेखि पानी पर्ने र रोकिने क्रम चलिरहेको छ । बागमती, गण्डकी र तराईका जिल्लामा आज बिहानदेखि मौसम खुल्ने अपेक्षा गरिएकोमा केही लम्बिएको हो । काठमाण्डौमा दिउँसोपछि मौसममा क्रमिक सुधार भए पनि आज घाम लाग्ने सम्भावना कम छ ।
भोलिदेखि पश्चिम र मध्य क्षेत्रका धेरै ठाउँमा घाम लाग्ने र त्यसपछि मौसम घमाइलो हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायू, अरब सागरमा विकसित प्रणाली र मोन्था चक्रवातको समेत प्रभावले केही दिनयता वर्षा र हिमपात भैरहेकोमा गएरातिदेखि क्रमिक सुधार हुन थालेको हो ।
आज कोशी प्रदेशका थोरै ठाउँमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक÷दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै ठाउँहरुमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक÷दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE