शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

बञ्चरेडाँडाको अवरोध खुलाउन जुट्यो सहमती, १५ दिनभित्र माग पूरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं । ४ दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुलेको छ ।

आइतबार सहरी विकास मन्त्री कुलमान घिसिङ सहितको टोली बञ्चरेडाँडाका स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूलाई स्थानीयको माग १५ दिन भित्र पुरा गर्ने प्रतिबद्धता गरेपछि फोहोर फाल्न दिएको ककनी गाउँपालिकाले जनाएको छ । अवरोध हटेसँगै रोकिएको गाडीहरू बञ्चरेडाँडामा पुगेर फोहर फाल्न थालिसकेका छन् ।

मन्त्री घिसिङ सहित आइतबार बिहानै काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वातावरण विभाग प्रमुख सरिता राई सहितको टोली बञ्चरेडाँडामा पुगेका थिए । ल्याण्डफिल साइट क्षेत्रका प्रभावित स्थानीयले २०७९ जेठ २६ गते भएको १८ बुँदै सम्झौतामा संघीय सरकार र महानगरपालिकाले उदासीनता देखाएको भन्दै फोहोर फाल्न अवरोध गरेका थिए ।

शुक्रबार सहरी विकास मन्त्रालयमा छलफल भएपनि निष्कर्ष विहीन हुन पुगेको थियो । काठमाडौँ महानगरपालिका सहित उपत्यकाका स्थानीय तहबाट बञ्चरेडाँडामा फोहोर दैनिक १५० गाडी भन्दा धेरै जाने गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x