शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल

  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले निर्वाचनबाट भाग्ने पार्टी नभएको बताएका छन् । प्रेस चैतारी नेपालमा आयोजित कार्यक्रममा नेकपा एमाले निर्वाचनबाट कहिल्यै नभागेको र अब पनि नभाग्ने बताएका हुन ।

एमाले जनताको पहिलो पार्टी रहेको बताउँदै महासचिव पोखरेल जनमतबाट अलग हुने विषयको कल्पना गर्न नसकिने बताए । उनले वर्तमान सरकार आफै संवैधानिक परीक्षणबाट गुज्रिनुपर्ने अवस्था भएकाले निर्वाचनको कुरा बच्पना हुने टिप्पणी गरे ।

महासचिव पोखरेलले निर्वाचनमा जान शान्ति सुरक्षाको अवस्था सुनिश्चित नभएको बताउँदै आम नागरिक र राजनैतिक दल निर्वाचनमा सामेल हुनसक्ने वातावरण नभएको बताए ।

उनले भने, ‘तपाईहरुलाई मैले यतिमात्र भन्छु तर नेकपा एमाले पार्टी चुनावबाट भाग्ने पार्टी त होइन फेरि ।  जनताको रोजाइको पहिलो पार्टी जनमतबाट अलग हुने भन्ने चाहीँ कल्पना नै गर्न सकिँदैन तर नहुने चुनावमा हामी भाग लिन्छौ भन्दै हिड्ने कुरा केटाकेटी पन हुन्छ जस्तो लाग्छ ।

किनकि चुनाव गराउने सरकारनै संवैधानिक परीक्षणबाट गुज्रिनु पर्ने अवस्था छ पहिले कुरा त त्यही कुरा के हुन्छ भन्ने कुराकै ठेगान त छैन नि त । केही समय पछाडि सर्वोच्चको फैसला के आउने हो त्यसले बाटो तय गर्नेवाला छ । दोस्रो चाहीँ शान्ति सुरक्षाको अवस्था नै सुनिश्चित छैन ।

आम जनता चुनावमा सहभागि हुनसक्ने वातावरण छ कि छैन, राजनैतिक दल चुनावमा सामेल हुन सक्ने वातावरण छ कि छैन भन्ने कोणबाट हेर्दा खेरी चाहीँ अहिले यो सरकार चाहीँ चुनावको बाटोतिर हिँड्या छ भन्ने देखिँदैन ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x