शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सघाउने निजी क्षेत्रको प्रतिवद्धता

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौँ । व्यवसायिक संस्थाका छाता संगठनहरुले मुलुकको आर्थिक स्थायित्व, व्यवसायिक सुरक्षा र सुशासनका लागि सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सोमवार राजधानी काठमाडौंमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै निजी व्यवसायीक संस्थाका प्रतिनिधिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

पत्रकर सम्मेलनमा बोल्दै मिडिया अलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले संस्थाका प्रतिनिधिहरुको बैठकले व्यवसायिक सुरक्षाको लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्ने निर्णय भएको पनि बताए । उनकाअनुसार बैठकले राज्यले उद्यमी र व्यवसायीहरूको सुरक्षालाई अपरिवर्तनीय दायित्वको रूपमा स्वीकार गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ ।

उनले आसन्न प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न सहयोग गर्ने तथा लोकतान्त्रिक अभ्यासको निरन्तरतामा निजी क्षेत्रको सकारात्मक भूमिकाका साथ अघि बढ्ने निर्णय समेत निजी संस्थाका प्रतिनिधिहरुको बैठकले गरेको छ । बदलिदो आर्थिक अवस्थासँग सन्तुलन कायम गर्दै सरकारी कार्यालयहरूबाट प्रवाह गरिने सेवा, प्रक्रिया र सहजीकरणलाई व्यवसायमैत्री बनाउन सरकारले ठोस कदम चाल्नुपर्ने उनीहरुको माग छ ।

अध्यक्ष राजकर्णिकारले भने,‘व्यवसायिक संस्थाका छाता संगठनहरुको बैठकबाट सरोकारवाला सबैसँग सहकार्य गर्दै निजी क्षेत्रको भूमिकालाई स्पष्ट पार्ने, व्यवसाय सञ्चालनको सुरक्षाका लागि कानूनको सुदृढ कार्यान्वयन सुरक्षित गर्ने, आम निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न सहयोग गर्ने र उद्यम तथा उद्यमीहरुको सुरक्षामा राज्यको जिम्मेवारीलाई अपरिवर्तनीय सर्तको रुपमा स्थापित गर्ने निर्णय र प्रतिवद्धता जनाएको छ ।

निजी क्षेत्रका प्रतिनिधिहरुले सरकार, सुरक्षा निकाय र सम्बन्धीत सरोकारवाला निकायसँग प्रत्यक्ष संवाद गरी स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सहयोग गर्ने, सुशासन र भ्रष्टाचार अन्त्यमा सहकार्य गर्ने र व्यवसायलाई प्राथमिकता दिने बद्लिदो अवस्थामा सरकारी कार्यालयबाट प्रवाह गरिने सेवा र गर्नुपर्ने सहजिकरणलाई सहज तथा व्यवसायमैत्री बनाउन सरकारलाई सार्वजनिक प्रतिवद्धताका लागि आह्वान गर्ने निर्णय पनि भएको छ ।’

बैठकले निजी क्षेत्र, सरकार र नागरिक समाजबीचको विश्वासलाई सुदृढ पार्दै पारदर्शिता, उत्तरदायित्व र स्थायित्वमुखी आर्थिक नीति कार्यान्वयन गर्न सबै पक्षलाई आह्वान समेत गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)का अध्यक्ष गणेश कार्कीले स्थिर नीति बिना देशको आर्थिक वृद्धि र लगानी सुरक्षाको वातावरण सिर्जना गर्न नसकिने बताए । सरकार परिवर्तन भइरहे पनि दीर्घकालीन नीतिगत स्थायित्व आवश्यक रहेको उनको भनाइ छ । उनले निजी क्षेत्रको लागि वातावरण सिर्जना गर्न तथा लगानीको ग्यारेन्टी लिन सरकारसँग आग्रह समेत गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x