शुक्रबार, कार्तिक २२, २०८२
Friday, November 7, 2025

जेन–जी आन्दोलनको भ्रष्टाचार विरोधी माग र भावना विपरित भइरहको एकता स्वीर्कान सकेनौँः जनार्दन शर्मा

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले जेनजी आन्दोलनको भ्रष्टाचार विरोधी माग र भावना विपरित माओवादी केन्द्र र एकीकृत समाजबादीबीच हुन लागेको एकतालाई स्वीर्कान नसकेको बताएका छन् । मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन ।

उनले विगत केही वर्षदेखि माओवादी पार्टीलाई रुपान्तरण गर्ने, पारदर्शी बनाउने, सुशासनको पक्षमा र जनतातिर जवाफदेही हुने, विधिपद्धति लागू गर्ने, पार्टीलाई समग्र रुपले पुनःगठन गरेर अगाडी बढ्नेगरि आफू लागेको भएपनि सफल हुन नसकेको बताए । नेतातन्त्र, भ्रष्टाचार विरोधी जगमा जेन–जी विद्रोह भएकोले यसलाई स्वीकार गर्दै पार्टीलाई रुपान्तरण गर्ने कोशिसहरु पार्टीभित्र असफल भएको उनको भनाई छ ।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारको मुद्दा लागेका एकिकृत समाजबादी पार्टीका अध्यक्ष माधव नेपालसँग पार्टी एकताको नाटक गरेर पार्टीलाई अझ भद्रगोल, विधिविहीन बनाएको आरोप लगाए । सिमित एक वा दूई नेताहरुको हातमा सम्पूर्ण शक्ति केन्द्रित गर्नेगरी एकताको नाटक गरिएको उनको भनाई छ ।

उनले भने, ‘विगत केही वर्षदेखि माओवादी पार्टीलाई रुपान्तरण गर्ने, पार्टीलाई पारदर्शी बनाउने, पार्टीलाई सुशासनको पक्षमा र जनतातिर जवाफलदेही बनाउने, पार्टीभित्र विधिपद्धति लागू गर्ने, पार्टीलाई समग्र रुपले पुनःगठन गरेर, पुर्नसंरचना गरेर अगाडी बढाउने भनेर बहस गर्दै आएको कुरा यहाँहरुलाई जानकारी नै छ ।

पछिल्लो समयसम्म आईपुग्दा जेनजी आन्दोलनले पनि स्पष्ट गरिसक्यो पार्टीभित्र दलतन्त्रको कुरा, नेतातन्त्रको कुरा, भ्रष्टाचारका कुरा त्यसकै कै जगमा जेनजी विद्रोह भयो । त्यसले पनि स्पष्ट गरिसकेको छ । यो यर्थात् कुरालाई रुपान्तरण गर्ने हाम्रा कोशिसहरु पार्टीभित्र सफल भएनन् ।

आज झन अझ भद्रगोल बनाएर, अझ विधिविहीन बनाएर, अझ सिमित एक वा दुई नेताहरुको हातमा सम्पूर्ण शक्ति केन्द्रित गर्नेगर जो एकताको नाटक गरिएको छ । जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार विरोधी माग र भावना विपरित जे एकता भईरहेको छ, त्यसको प्रति हामी सहमति हुन सकेनौँ ।’
प्रगतिशील अभियान नेपाल सञ्चालन गर्ने घोषणा
जेन–जी आन्दोलनले उठाएका भ्रष्टाचार विरोधी माग र भावना विपरित भइरहेको एकताप्रति सहमत नभएर आफूहरुले नयाँ अभियान सञ्चालनको थालनी गरेको उनले बताए । उनले प्रगतिशील अभियान नेपाल संचालन गर्ने जानकारी दिए ।

राष्ट्रलाई माया गर्ने, देशलाई समृद्धि गर्न चाहने, सुशासन कायम गर्न चाहने, पारदर्शीलाई आत्मसात् गर्ने, उत्पिडित वर्गा, जाती, क्षेत्र, लिङ्ग, समुदायका समस्याप्रति प्रतिवद्ध भएको अभियान संचालन गर्न लागिएको उनको भनाई छ । उहाँले अभियानले विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने बताए ।

उनले भने, ‘राष्ट्रलाई माया गर्ने, देशलाई समृद्धि गर्न चाहने, सुशासन कायम गर्न चाहने, पारदर्शीलाई आत्मसात् गर्ने, उत्पिडित वर्गा, जाती, क्षेत्र, लिङ्ग, समुदायका समस्याप्रति प्रतिवद्ध भएको त्यस्तो अभियान हामी संचालन गर्न गइरहेका छौँ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x