शुक्रबार, कार्तिक २२, २०८२
Friday, November 7, 2025

सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

काठमाडौं । ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् । हत्यारा र भ्रष्ट्राचारीलाई कारबाही नगरेको र जेनजीहरूलाई कारबाही गरेको भन्दै उनले अर्यालको राजीनामा मागेका हुन् ।

‘अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश’ भन्दै सुधनले सामाजिक सञ्जालमार्फत् गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । सुधनले लेखेका छन्, ‘सहिदको रगत सम्झनुहोस् । नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस् । काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस् ।’

दुई महिना बितिसक्दा पनि कुनै हत्यारालाई पक्रन नसकेको सुधनको जिकिर छ । उनले थप लेखेका छन्, ‘देशको हितको लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमानदेखि चरित्र हत्या समेत सहेर बसेँ । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिनँ । किनभने मैले सोचेको थिएँ, कामले देखाउँछ र कामले बोल्छ ।

अझै पनि देश बन्छ भने करोडौँ अट्याकहरू सहन तयार छु तर, अब तपाईंबाट आशा मरिसकेको छ।’ साथै आफूहरुले गत भदौ २३ र २४ को आन्दोलन २०८४ को चुनाव २०८२ मा सार्नलाई नगरेको पनि बताएका छन् । यदि नेपाली जनता र जेनजीको माग सम्बोधन हुँदैन भने यसपालिको चुनाव पनि हुन नदिने धम्की दिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x