शुक्रबार, कार्तिक २२, २०८२
Friday, November 7, 2025

ऐतिहासिक व्रह्मा मन्दिरको समुद्घाटन (तस्बिरसहित)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । छैटौं शताब्दीको ऐतिहासिक व्रह्मा मन्दिरको पुनः निर्माण सम्पन्न भइ समुद्घाटन गरिएको छ । शुक्रवार मध्यान्ह काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, डा.स्वामी केशवानन्द गिरी लगायतको उपस्थितिमा मन्दिरको समुद्घाटन गरिएको हो ।

यो मन्दिर काठमाडौं महानगरपालिका वडा नम्बर ८ जयवागेश्वरी गायत्री मार्गमा अवस्थित १९९० सालअघि नै भग्नावशेषको रूपमा रहेको थियो ।

छैटौं शताब्दीको ऐतिहासिक व्रम्हा मन्दिर अहिले काठमाडौं महानगरपालिकाले पुनः निर्माण सम्पन्न गरेको हो । केही दिनअघि मात्रै छैटौँ शताब्दीमा बनेको ऐतिहासिक व्रह्माको मूर्ति मन्दिरमा पुनःस्थापना गरिएको थियो । उक्त ऐतिहासिक मूर्ति ४० वर्षदेखि गौशला प्रहरी वृतमा रहेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x