शुक्रबार, कार्तिक २२, २०८२
Friday, November 7, 2025

सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचन व्यवस्थित ढंगले सम्पन्न गर्नका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका छन् । शुक्रवार सिंहदरवारमा बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोल्दै उनले सो शान्ति सुरक्षासहित सबै पक्षलाई निर्वाचनमा सहज ढंगले सहभागिता हुनेगरी आवश्यक वातावरण बनाउन सरकारसँग अनुरोध गरेका हुन ।

अध्यक्ष दाहालले राष्ट्रिय सभा सञ्चालनका लागि केही कानूनी जटिलता र अस्पष्टता रहेको उल्लेख गर्दै त्यसलाई हटाउने विषयमा पनि सरकारले ढिलाई नगर्ने विश्वास व्यक्त गरे । उनले राष्ट्रिय सभा बैठक सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई पनि सरकारले गम्भिरतापूर्वक लिनुपर्ने जरुरी रहेको बताए ।

अध्यक्ष दाहालले भने, ‘निर्वाचन शान्तिपूर्ण ढंगले, व्यवस्थित ढंगले सम्पन्न गर्न आवश्यक कदम चाल्नको निम्ति हामी सरकारलाई आग्रह पनि गर्दछौं । त्यसलाई व्यवस्थित गरेर लैजान र शान्ति सुरक्षासहित सबै पक्षलाई चुनावमा सहज ढंगले सहभागिताका निम्ति त्यो वातावरण बनाउनका निम्ति पनि सरकारसँग विशेष आग्रह गर्न चाहन्छु ।

राष्ट्रिय सभा सञ्चालनको निम्ति हामीलाई केही कानूनी जटिलता जस्तो पनि देखिएको छ । केही अस्पष्टताहरु पनि छन । ती असहजता र अस्पष्टताहरुलाई पनि सरकारले गम्भिरताका साथ लिनेछ भन्ने नै मलाई लागेको छ । र त्यो दिशातर्फ सरकार अगाडि बढोस् पनि म भन्न चाहन्छु । राष्ट्रिय सभा बैठक सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको काममा जोड दिन पनि सरकारलाई अनुरोध गर्न चाहन्छु ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x