शुक्रबार, कार्तिक २२, २०८२
Friday, November 7, 2025

काँग्रेस पनि अन्ततः प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिन्छः ओली

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस अन्ततः विघटित प्रतिनिधिसभा पुनः स्थापनाको पक्षमा उभिने दाबी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।

अध्यक्ष ओलीले काँग्रेससँग आफूहरुले संवाद गरिरहेको समेत बताए । उनले शेरबहादुर देउवा उपचारका लागि बाहिर गएपछि काँग्रेसमा नेतृत्वको अभाव देखिएको बताए । अध्यक्ष ओलीले देउवाकै अभावमा काँग्रेस केन्द्रिय कार्य समिति बैठक लम्बिएको जिकिर समेत गरे ।

उनले भने, ‘काँग्रेस एउटा पार्टी हो, हामी अर्को पार्टी हौं । काँग्रेससँग हाम्रो संवाद भईरहेको छ । काँग्रेस फाईनल्ली मेरो विश्वास छ–पुनःस्थापनामा पुग्छ । कुराकानी भईराखेको छ । तर अब काँग्रेस भित्र जटिलता छ । शेरबहादुर जी उता जानुभयो । लिडरसिप क्राईसेस छ ।

अब लिडरसिप भनेको यस्तो चिज हुँदो रहेछ शेरबहादुर जी त्यो कुर्सीमा बसिदियो भने खुरुखुरु पास हुन्छ । बसिदिएन भने हुँदैन कति दिन भयो केन्द्रिय समिति बैठक बसेको, निर्णय छैन ।

हाम्रो पार्टीको महाधिवेशन ३ दिनमा सकिन्छ । केन्द्रिय कमिटी बैठक ३ दिनमा सकिन्छ । ३६० जना सबैलाई बोल्न पालो दिइएको हुन्छ । सबैले बोल्छन । पहिलानै विषय फ्लोर गरिदिएको हुन्छ । सबैले दस्तावेजमा छलफल गर्दछन । सबैले भाग लिन्छन् बोल्नका लागि ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x