मिसेस नेपाल वर्ल्ड–२०२५ कि शशक्त दाबेदार रक्षा पन्त मोडलिङ सँगै नृत्य, रोजगारी लगायतमा त्यत्तिकै सक्रिय
काठमाडौं । मिसेस नेपाल वर्ल्ड–२०२५ प्रतियोगिताको फाइनलको समय नजिकिएसँगै मिसेस नेपाल वर्ल्ड २०२५ को ताज तर्फ शशक्त दाबेदारको रुपमा बुटवलकी रक्षा पन्त देखिएकी छन् । प्रतियोगितामा सहभागी ३० जनामध्ये १५ नम्बर मा रहेकी रक्षा पेशाले इन्जिनियर हुन् । उनी हाल फुडमाण्डुमा म्यानेजरको रुपमा कार्यरत छिन् ।
आत्मविश्वास, व्यक्तित्व र स्पष्ट दृष्टिकोणले भरिपूर्ण रक्षाको सपना केवल ताज जित्ने मात्र नभई समाजमा मानसिक स्वास्थ्य र विवाहित महिलाहरूको समग्र सशक्तिकरणका लागि सकारात्मक सन्देश फैलाउने पनि हो ।
रक्षाको दृष्टि स्पष्ट छ–“विवाहित महिलाको खुशी, आत्मसम्मान र मानसिक सन्तुलन नै सुन्दर परिवार र सशक्त समाजको आधार हो ।” यही सोच र उद्देश्यका साथ उनले मिसेस नेपाल वर्ल्डको यात्रा सुरु गरेको बताउछिन् ।
मानसिक स्वास्थ्यको महत्व अझै पनि नेपाली समाजमा खुलेर कुरा नहुने विषय हो । रक्षाले यहि विषयलाई मुख्य एजेन्डाका रूपमा अघि सारेकी छन् ।
उनी भन्न्छिन्, “हामी महिलाले संसार चलाउँछौं, तर पहिले हामीले आफ्नै मनलाई सन्तुलनमा राख्न सक्नुपर्छ । मानसिक स्वास्थ्यबिना कुनै पनि सुन्दरता अपूर्ण हुन्छ ।”
मोडलिङसँगै रक्षा नृत्यप्रति पनि अत्यन्तै लगाव राख्छिन् । नृत्य उनलाई आत्मअभिव्यक्ति र आत्मसन्तुलनको माध्यम जस्तो लाग्छ । कला र अभिव्यक्तिले महिलाको आत्मविश्वास झल्काउँछ र समाजमा प्रेरणा फैलाउँछ भन्ने उनको विश्वास छ ।
बुटवलमा जन्मेकी र हुर्केकी रक्षा पढाइको शिलशिलामा देश विदेश पुगेकी छन् । काठमाडौंका सुरज पन्तसँग विवाह गरेकी रक्षा आज राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा, दृष्टि र आत्मबलका कारण सबैको ध्यान आकर्षित गर्न सफल भएकी छन् ।
उनी भन्छिन्, “म केवल प्रतिस्पर्धा गर्न होइन, समाजमा परिवर्तन ल्याउन मिसेस नेपाल वर्ल्डमा सहभागी भएकी छु ।”
यदि तपाईं पनि रक्षाको यो यात्रामा साथ दिन चाहनुहुन्छ भने, उनलाई Khalti एपमार्फत Misses Nepal World २०२५ का Contestant No.१५ मा भोट गरेर सहयोग गर्न उनले आग्रह गरेकी छन् ।

RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE