मङ्लबार, कार्तिक २६, २०८२
Tuesday, November 11, 2025

नेकपा एकता राष्ट्रिय अभियान मकवानपुरको सिंगो कमिटी आजपामा समाहित

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज नवराज ढुङगाना सहित सिंगो मकवानपुर जिल्ला कमिटी नै आम जनता पार्टी (आजपा) मा समाहित भएको छ । आजपाको केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौंमा मंगलबार ढुङगाना नेकपा एकता राष्ट्रिय अभियान परित्याग गरि आजपामा प्रवेश गरेका हुन ।

आजपा अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले ढुंगानालाई टिका, अबिर, खादा लगाएर पार्टी प्रवेश गराएका हुन । विगत लामो समयदेखि नेपालको वामपन्थी आन्दोलनमा सक्रिय ढुङगाना नेकपा एकता अभियानका केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज थिए ।

ढुंगाना सहित जिल्ला अध्यक्ष सुमन गौतम सहित ३३ सदस्यीय जिल्ला कार्यसमितिका सबै नेता आजपामा प्रवेश गरेको छ । देशको निकास एवं विकासका लागि अबको विकल्प आम जनताको साझा शक्ति आम जनता पार्टी नै रहेको ठहर सहित उनी आजपामा आबद्ध भएका हुन । ‘नेकपा एकता राष्ट्रिय अभियान पार्टीमा भएका मकवानपुर जिल्ला कार्य समितिका अध्यक्ष सुमन गौतमको नेतृत्व्मा ३३ सदस्य पूर्णकार्य समिति आबद्ध छ ।

हाल वर्तमान राजनैतिक अस्थिरतामा रुपलिदै गरेको अवस्थामा अबको राजनैतिक विकल्प बोकेको अग्रगामी सोच र परिवर्तनको बाहक रहेको जनताको पार्टी नै आम जनता पार्टी भएकाले हामी मकवानपुर जिल्ला कार्य समितिका सम्पूर्ण सदस्यहरु आजकै दिनदेखी आम जनता पार्टीमा गोलबन्द भएर देश विकासको लागि अगाडी बढने प्रतिबद्धता सहित समाहित भएको जानकारी गराउदछौं,’ जिल्ला इन्चार्ज ढुङगानाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम तत्कालीन नेकपा एकीकृत समाजवादीसंग एकता गरेपछि ढुङगाना सहितका नेताहरू एकतामा गएनन । राष्ट्रियता, लोकतन्त्र, अर्थतन्त्र लगायतका बिषयमा आजपाले उठाउदै आएको महत्वपूर्ण बिषय आफुलाई ठिक लागेको र मुलुक तथा नेपाली जनताको हितमा रहेकाले आजपामा प्रवेश गरेको ढुङगानाले जनाएका छन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x