मङ्लबार, कार्तिक २६, २०८२
Tuesday, November 11, 2025

विशेष महाधिवेशन मागकर्ताको हस्ताक्षर प्रमाणीकरणतिर लागे पार्टी फुट्न सक्छ : शेखर

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्रको विवाद समाधान गर्नको लागि आफ्नो समन्वयकारी भूमिका रहने बताएका छन् ।

केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसमा मध्यमार्गी भूमिका खेल्नेहरूले नै जित्ने बताए । विशेष महाधिवेशनको माग गर्दै भएको हस्ताक्षर रुजु गर्नतिर लाग्दा पार्टी अफ्ठेरोमा पर्नसक्ने बताए ।

विशेष महाधिवेशन गर्ने भए केन्द्रीय समितिले नै निर्णय गर्नुपर्ने बताए । उनले भने, ‘विशेष महाधिवेशनको माग गर्नेहरूको हस्ताक्षर प्रमाणीकरण सुरु गरेको दिनदेखि नै विभाजनको मनोविज्ञान सिर्जना गर्छ ।

४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौँ भने पनि विभाजन त भयो नि । बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना हुन्छ। त्यसैले केन्द्रीय समितिबाटै निर्णय गर्नुपर्छ।’ नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्न बाध्यात्मक स्थिति हुने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x