मङ्लबार, कार्तिक २६, २०८२
Tuesday, November 11, 2025

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको टिप्पणीः वर्तमान संविधानलाई राम्रो भन्न सकिँदैन

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको संविधानलाई राम्रो भन्न नसकिने बताएका छन् । नेपाल कानून समाजले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेका हुन ।

संविधान राम्रो भएको भए जनतामा सन्तुष्टिको मात्रा बढ्ने उनको निष्कर्ष थियो । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधानले राम्रो नतिजा नदिएकै कारण जेन–जी पुस्ताले आन्दोलन गर्नुपरेको जिकिर समेत गरे । आम जनतालेसंविधानको लाभहरु भोग्न नपाएको उल्लेख गर्दै उनले असन्तुष्टि समेत व्यक्त गरे ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने,‘यो संविधान राम्रो र नराम्रो कार्यान्वयन कसरी हुन सक्दछ ? नतिजा आउँदै नआउने संविधान कसरी हुन सक्दछ ? राजनीति विशिष्ट खालको र सुशासन निकम्मा खालको कसरी हुन सक्दछ ? यदि संविधान राम्रो हो भने यसको नतिजा त आउथ्यो त ।

जनताको सन्तुष्टिको मात्र त बढथ्यो त । यस्तो आन्दोलन गर्नुपर्ने अवस्था आउँदैनथ्यो त । नतिजाहरु आएनन् । के देखाउने हो र मान्छेहरु यसको लाभहरु भोग्न चाहन्छन । पाएन भने पाएनन भन्न पाउनुपर्छ । यसरी भन्नुपर्ने अवस्थामा आयो यो । जेन–जी पुस्ताले देशप्रति देखाएको मायाको हामीले सम्मान गर्नुपर्दछ ।’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जेन–जी आन्दोलन देशप्रति माया गर्नेहरुले गरेको उल्लेख गर्दै त्यसको सम्मान गरेर अघि बढ्नुपर्ने समेत बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x