बुधबार, कार्तिक २७, २०८२
Wednesday, November 12, 2025

नागरिक उन्मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट पायो दल दर्ताको प्रमाणपत्र

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । बुधवार मध्यान्ह निर्वाचन आयोगले पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो ।

आयोगको तर्फबाट सचिव माहादेव पन्थले पार्टीका संरक्षक रेशमलाल चौधरी र पार्टीका अध्यक्ष कविर सोपलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन । यसअघि चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । गत निर्वाचनमा सो पार्टीले ४ सिट ल्याएको थियो ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँगको किचलोका कारण चौधरीले नयाँ पार्टी गठन गरेका हुन । पार्टीको वरिष्ठ उपाध्यक्षमा यसअघि जनमत पार्टीका उपाध्यक्ष समेत रहेका अब्दुल खान छन् । दल दर्ताको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सोबले जनताको पक्षमा देश बनाउने योजनासहित आफूहरुले नयाँ राजनीतिक दल दर्ता गरेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x