बुधबार, कार्तिक २७, २०८२
Wednesday, November 12, 2025

भीम रावललाई नेकपामा स्वागत गर्दै दाहालले भने– ‘एकतालाई चुनाव जित्ने रणनीतिको रुपमा नबुझियोस्’

  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुक अहिले असाधारण संकटको अवस्थामा रहेको वस्तुगत आवश्यकताको आधारमा कम्युनिष्ट घटकहरुबीच एकता भएको टिप्पणी गरेका छन् । बुधवार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन ।

उनले अहिले मुलुकको स्वाधिनता, नेपालको भौगोलिक अखण्डता र जनताको आत्मनिर्णयको अधिकार इतिहासकै सबैभन्दा संकटको अवस्थामा रहेको बताए । उनले अहिलेको एकता निर्वाचन जित्ने प्रयोजनको लागि गरिएको एकताको रुपमा नबुझ्न समेत सबैमा आग्रह गरे । उनले राष्ट्रलाई जोगाउने आवश्यकताको जगमा सिद्धान्त र विचार मिल्ने कम्युनिष्ट दलहरु मिल्नुपरेको दोहो¥याए ।

उनले भने, ‘मुलुक आज असाधारण संकटमा छ । मुलुकको स्वाधिनता, नेपाली जनताको आफ्नो सम्मान, नेपालको भौगोलिक अखण्डता नेपाली जनताको आत्मनिर्णयको अधिकार यति संकटमा सयाद इतिहासमा कहिल्यै परेको थिएन ।

मैले भन्ने गरेको छु सुगौली सन्धि यताको स्थिति हेर्ने हो भने देश अहिले असाधारण संकटमा छ । त्यसकारण यो एकता कुनै ट्याक्टिकल एकता होइन । यो तत्काल चुनाव जित्नको लागि गरिएको एकता होइन । त्यसरी नबुझियोस् । यो एकता राष्ट्र बचाउने ऐतिहासिक आवश्यकतामा बनेको हो । यो एकता जेनजी आन्दोलनका क्रममा युवाहरुले उठाएका मागहरु र आवश्यकताका आधारमा पनि यो एकता भएको हो ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x