बुधबार, कार्तिक २७, २०८२
Wednesday, November 12, 2025

प्रतिनिधि र राष्ट्रिय सभा सदस्य निर्वाचन तोकिएकै समयमा गर्न सबैले सहयोग गर्ने प्रधानमन्त्रीको विश्वास

  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचन तोकिएको समयमै सम्पन्न गर्न सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेकी छन् । बुधवार सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीहरुसँगको भेटमा उनले यस्तो विश्वास व्यक्त गरेकी हुन ।

उनले छलफलमा प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको अयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनले मतदाता नामावलीमा आजसम्मको प्रगति र गर्नुपर्ने कामहरुका विषयमा सघन छलफल भएको पनि जानकारी दिए ।

आयोगले निर्वाचनका लागि हालसम्म गरेका कामहरुबारे प्रधानमन्त्री कार्कीलाई जानकारी गराएको छ ।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यु र निर्वाचन आयोगका पदाधिकारीका बीचमा आसन्न प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्ने, मतदाता नामावलीमा आजसम्मको प्रगति र गर्नुपर्ने कामहरुका विषयमा सघन छलफल भएको छ ।

आयोगले हालसम्म सम्पादन गरेका कामका बारेमा प्रधानमन्त्रीज्युले जानकारी गराएको छ । तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x