शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

जेन–जीहरुलाई मिराज ढुंगानाको आग्रहः अहिले निर्वाचनको कुरा नगरौँ

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । जेन–जी अभियन्ता मिराज ढुंगानाले मुलुकलाई निकास दिन सर्वपक्षीय वार्ता हुनुपर्ने प्रश्ताव गरेका छन् । नागरिक समूहले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सर्वपक्षीय वार्तामार्फत मुलुकलाई निकास नदिई यथास्थितिमा निर्वाचनमा जान नसकिने अडान समेत राखे ।

अभियन्ता ढुंंगानाले जेनजी आन्दोलनको अर्थलाई सावित गराएर मात्रै मुलुकलाई निकास दिन पनि तत्काल सर्वपक्षीय वार्ता आवश्यक रहेको तर्क गरे । उनले यथास्थितिमा निर्वाचनमा जाने कुरा नगर्न जेनजी पुस्ताहरुलाई आग्रह समेत दिए । अभियन्ता ढुंगानाले देश रोइरहेको अवस्थामा निर्वाचनमा जाने कुरा गरेर यसको स्वाधिनतामाथि प्रश्न चिन्ह खडा हुने चेतावनी समेत दिए ।

उनले भने,‘हामी कुनै पनि तरिकाले निकास नखोजी निर्वाचनमा जानु हुँदैन । यो फेयर हुँदैन, नेपाली जनतालाई फेयर हुँदैन । जुन अवस्थाबाट हाम्रो देश गुज्रेको छ । त्यसको लागि न्याय होइन यो । सिंहदरवार जल्नु भनेको देश रुनु हो । पशुपतिनाथ लगभग जल्नुको भर्जमा पुग्नु भनेको त्यो पनि देश रुनु हो ।

न्यायालय जल्नु भएको एकदम दुखद कुरा हो । यो सबै हुँदा निर्वाचनमा सोझै जाने भन्ने कुरा हुँदैन । हामीले एउटा सोलुशन खोज्नुपर्छ । र, जो पनि जेन–जी साथीहरु हुनुहुन्छ । तपाईहरुले सोझै निर्वाचन नभनिदिनुहोला । देश रोएको छ । सोझै निर्वाचनमा जाने, यो वैधानिक, त्यो बैधानिक, वैधानिकता त हामी पनि बुझदछौ । धेरैले बुझनुहुन्छ । यहाँ धेरै बुद्धिजीविहरु हुनुहुन्छ । बैधानिकता त अल्टिमेटली चाहियो । तर आन्दोलनको के अर्थ भयो ?  केही न केही त चाहियो नि त ।

सो मेरो निष्कर्षको कुरा के हो भन्दाखेरी हामी बरु सर्वपक्षीय वार्ता गरौ । तर देशलाई निकास दिउँ । यही तरिकामा निर्वाचनमा जाने कुनै हुँदैनथ्यो, कुनै नगरुम । सर्वपक्षीय देशको ठूल्ठूला जो स्केटहोल्डरहरु हुनुहुन्छ । सबै जना एक चोटी वार्तामा आउ । कुरा गरौै । र, सामान्य नेपाली जनतालाई न्याय दिउ । यो देश रोएको अवस्था छ । हाम्रा युथहरु यति विदेश जानु भएको छ । अलिक टाईमा दोस्रो जेनेरेशन अफ नेपाली चाँही कोही पनि हुनुहुन्न होला ।

हामी सबै जना विदेश जाने, उतै सेटल हुने । अनि, दोस्रो पुस्तालाई कहिले दिन्छ नेपालमा । त्यो गर्दा त हाम्रो देशनै हराउने भर्जमा छ नि त । पपुलेशन चाहियो आखिरमा देश हुनलाई । सो यी कुराहरु छन । र, यी केही नगरी हामी निर्वाचनमा गयौ भने हाम्रो देश धेरै लामो समयसम्म स्वाधिन रहला भन्ने कुरा पनि क्वेशनएवल हुन्छ । सो त्यही कुरा भन्दै म सबै स्टेकहोल्डर्सलाई वार्तामा आउ, डिसाईड गरौ निर्णय गरौ । र, त्यसपछि मात्रै निर्वाचनमा जाने र देशलाई बैधानिकता दिने । यी कुराहरु गरौ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x