मुलुकको सुरक्षा व्यवस्थालाई सुदृढ नगरी निर्वाचनमा जानु हुँदैनः कल्याण श्रेष्ठ
काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा सुरक्षा व्यवस्थालाई बलियो नबनाई निर्वाचनमा जानसक्ने अवस्था नरहेको बताएका छन् । नागरिक समूहले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको आत्मवलनै कमजोर भएको उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई सुदृढ बनाएर मात्रै निर्वाचनमा जानसक्ने अवस्था हुने बताए ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जेनजी पुस्ताको परिवर्तनको आकांक्षालाई रुपान्तरण गर्न सक्ने अवस्था नबनाई निर्वाचनमा गए त्यसले मुलुकको हित नगर्ने जिकिर समेत गरे । उनले मुलुकलाई जोगाउन पनि सुरक्षाको प्रत्याभुति सुदृढ बनाउने कामलाई बढी जोड दिनुपर्ने आवश्यकता औल्याए ।
उनले भने, ‘निर्वाचनमा जानुपर्छ । तर निर्वाचनमा त्यो परिवर्तनको आकांक्षालाई रुपान्तरण गर्न सक्नेगरी जानुपर्छ । त्यो कसरी जाने ? यहाँ स्थानीय जनसहभागिता कति हुने हो ? यो सुरक्षाको जुन चुनौति छ । यो सुरक्षाको चुनौतिले मतदानको प्रवृत्ति बढला कि घटला ? वा मतदान होला कि नहोला ।
यस्तो हो भने झन पो सम्भावना छैन । के हुन्छ ? राज्यको पहिलो चरित्र के हो भने पुलिस स्टेट हो । पुलिस भनेको यहाँ बर्दिधारी पुलिस होइन नि । सेक्युरिटी फष्ट । चाहेको सीमाको रक्षा गरौ, चाहे आन्तरिक धनजनको कुरा गरौैं । सुरक्षा फष्ट । अहिले हाम्रो राज्यको धरातलनै उखेलिएको जस्तो छ । जो जो जहाँ जहाँ हो, त्यो होइन जस्तो छ ।
मानिदिएको जस्तो मात्रै छ । राज्यले आफ्नो आत्मविश्वास गुमाएको कि गुमाएन ? राज्यप्रति जनताको आत्मविश्वास छ कि छैन ? मैले भन्ने वित्तिकै पुलिस आएर मेरो सुरक्षा गर्छ भन्ने आत्मविश्वास छ कि छैन ? त्यो छैन भने मानिलिनुस हाम्रो राज्य कमजोर भएको छ ।
यो राज्य कमजोर बनाउनु हुँदैन । यो राज्य टिकाउने हो भने, यो देश टिकाउने हो भने यसको सुरक्षालाई बलियो बनाउनु पर्छ । निर्वाचन भन्दा पहिला हाम्रो सुरक्षा प्रत्याभूतिलाई सुदृढ गर्नु पर्छ ।’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठले निर्वाचनमार्फत मुलुकलाई अघि बढाउन संविधान संशोधन पहिलो सर्त रहेको समेत दोहो¥याए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE