बिहिबार, मंसिर १९, २०८२
Thursday, December 4, 2025

जेन जी आन्दोलन पछि पहिलोपटक संसद पुनः स्थापनाको माग राख्दै देशका बिभिन्न जिल्लामा एमालेनको जनप्रर्दशन

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं ।नेकपा एमालेले शनिबार देशभर जनसभा आयोजना गरेको छ । जेनजी आन्दोलन र गैरदलीय सरकार गठनलाई प्रतिगामी षड्यन्त्र बताउदै संसद पुनः स्थापनाको माग गर्दै आएको एमालेले त्यसविरुद्ध जनपरिचालन कार्यक्रम गर्दै आएको छ । यही कार्यक्रमअन्तर्गत वडा पालिका हुदै शनिबार देशका अधिकांश जिल्ला सदरमुकाम र ठूला सहरमा जनसभाको आयोजना गरेको हो । जनसभामा ठूलो जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरु जिल्लाजिल्लामा खटिएका थिए । शनिबारको जनसभाबाट एमाले देशैभरी अहिले पनि लोकप्रिय शक्ति हो भनेर स्थापित गराउन सफल भएको एमालेको दाबी छ ।

पार्टीले आयोजना गरेको प्रतिगामी षडयन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रम अन्तरगत नेपालगञ्जको जनसभालाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले एमाले संकटबाट नभागी त्यसको सामना गर्ने पार्टी भएको बताए । वर्तमान देशको संकटको निकास एमालेको अगुवाईमा मात्र सम्भाव रहेको उनको भनाइ छ । भदौ २३ र २४ गतेको तोडफोड र विध्वंस नेपाल राज्यलाई कमजोर पार्नका लागि रचिएको षडयन्त्र भएको उनको आरोप छ । एमालेका नेता कार्यकर्ता देशमा लोकतन्त्र ल्याउनका लागि लामो समय जेल बसेका, भूमिगत बसेका भएकोले लोकतन्त्र विरोधी सानातिना हमलाबाट बिचलित हुनु नहुने बताउदै उनले राजनीतिक दलका कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टी काममा खटिन आह्वान गरे।

चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै उपाध्यक्ष रामबहादुर थापा बादलले सुशीला कार्की नेतृत्वको सरकार फागुन २१ मा गर्ने भनेको निर्वाचन प्रतिक्रान्तिलाई वैधता दिने गर्न रचिएको ‘हनी ट्र्यापिङ’ भएकोले ठूला र स्थापित दलहरू यस्तोमा पर्न नहुने बताए । बादलले भदौ २३ र २४ गते देश र जनता विरूद्व रचिएको षड्यन्त्रलाई वैधता दिन निर्वाचनको नाटक गर्न खोजिएको आरोप लगाए । फागुन २१ को निर्वाचन अगाडि स्थापित दल र तिनका नेतालाई फसाएर मात्रै कार्कि सरकारले निर्वाचन गर्ने उनको भनाइ छ । त्यसका लागि विभिन्न षड्यन्त्रहरू रचिएको उनको दाबी छ । संविधानले बर्जित गरेको पात्रलाई विदेशीको ईशारामा संविधान च्याँतेर प्रधानमन्त्री बनाईएको भन्दै उपाध्यक्ष बादलले ठूला र स्थापित दलका नेतालाई चुनाबमा भाग लिन नरोके उनलाई पनि विदेशी शक्तिले हटाउने बताए । प्रतिनिधिसभा पुनस्थापना गरेर जनताको सार्वभौम संसदबाट बन्ने सरकारबाट मात्रै निर्वाचन गराउनुपर्ने उनको भनाइ छ ।

बुटवलमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै एमाले सचिव छविलाल विश्वकर्माले जेन–जी आन्दोलनमा अपराधिक गतिविधिमा संलग्नहरुलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरे । उनले जेनजी आन्दोलनमा घुसपैठ भई मुलुकमा गुण्डागर्दी गर्ने, निजी तथा सार्वजनि सम्पतीलाई धराशायी बनाउनेहरुलाई सरकारले अझै कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे । सचिव विश्वकर्माले जेलबाट भागेका कैदीहरुलाई नियन्त्रणमा लिने काम समेत नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना समेत गरे ।

देशका बिभिन्न जिल्लमा संबोधन गरेका अधिकांस नेताहरुले देश अहिले प्रतिगामी शक्तिको चंगुलमा फसेको आरोप लागउदै संसद पुनः स्थापनाका लागि सम्पूर्ण देशप्रेमी राजनीतिक दलहरु एक ठाउमा आउनुपर्ने बताएका छन् ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x