दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्यो निर्वाचन आयोग पुगेर सनाखत
काठमाडौं । नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले आईतवार निर्वाचन पुगेर नयाँ पार्टीका लागि सनाखत गरेका छन् ।
अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा रहेको दल ‘नागरिक बचाउ दल, नेपाल’को लागि उनले सनाखत गरेका हुन । दलको प्रश्तावित अध्यक्ष समेत रहेका कल्पितले आयोगमा पुगेर सनाखत पत्रमा हस्ताक्षर गरेका हुन ।
सनाखतपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष कल्पितले आगामी प्रतिनिधि सभा निर्वाचनमा गरिब र नागरिकका मुद्दामा आधारित स्पष्ट एजेण्डा लिएर चुनावी मैदानमा उत्रिने दाबी गरे । उनले परम्परागत राजनीतिक शक्तिहरूले जनताको सरोकार बिर्सिएको अवस्थामा आफ्नो दल वैकल्पिक शक्तिको रुपमा उभिने दाबी समेत गरे ।
उनका अनुसार दलले गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मूल एजेण्डा बनाई चुनावमा जानेछ ।
उनले भने, ‘यो देशमा दर्ता भएका सबै राजनीतिक दलहरु एकातिर र हाम्रो दललाई एकातिर राखेर हामी निर्वाचनमा जाँदैछौं । त्यो हाम्रो दल नै पल्लाभारी हुन्छ । किनभने हामीसँग गरिबका मुद्दा छन् । हामीसँग गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दाहरु छन् ।
हामी नागरिकका मुद्दाहरुलाई लिएर, राष्ट्रका मुद्दाहरुलाई लिएर र धर्म संस्कृति र संस्कारका मुद्दाहरुलाई लिएर हामी चुनावी मैदानमा जाँदैछौं । हामीले राजनीतिलाई अरु पार्टीहरुले जस्तो व्यापार सम्झेको छैनौं । हामी राजनीतिमा सेवा र समर्पण गर्नको लागि नागरिक बचाउ दल स्थापना भएको हुँदा अगामी चुनावमा हामी अरु दलभन्दा पल्लाभारीको रुपमा जनताको पक्षमा काम गर्नको संसद भवन र सिंहदरबार छिर्नेछौं ।’
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE