मङ्लबार, मंसिर ३, २०८२
Tuesday, November 18, 2025

संवैधानिक राजसंस्था स्थापना नगरे नेपालको राष्ट्रिय अस्तित्व नै संकटमा पर्छः महामन्त्री जबरा

  • 67
  •  
  •  
  •  
  •  
  •  
  •  
    67
    Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा.धवलशमशेर जबराले संवैधानिक राजसंस्था स्थापना नगरे नेपालको राष्ट्रिय अस्तित्व नै संकटमा पर्ने टिप्पणी गरेका हुन । मंगलवार काठमाडौंमा ‘जेन–जेड अलायन्स फर मोनार्की’ले आयोजना गरेको गोलमेच कार्यक्रममा महामन्त्री राणाले यस्तो टिप्पणी गरेका हुन ।

उनले विश्वका कतिपय विकसित देशहरूले समेत राजसंस्थालाई कायमै राखेको उदाहरण दिँदै नेपालमा पनि संवैधानिक राजसंस्था अपरिहार्य रहेको तर्क गरे । उनले मुलुकको विद्यमान सामाजिक तथा राजनीतिक समस्या हल गर्ने एकमात्र विकल्प संवैधानिक राजसंस्था भएको जिकिर गरे । उनले विगतमा समेत राजाले नै मुलुकलाई एकतामा बाँधेर अभिभावकीय भूमिका खेलेको भन्दै संवैधानिक राजसंस्थासँगै हिन्दुराष्ट्रय कायम गर्नुपर्ने बताए ।

महामन्त्री जबराले भने, ‘१९ वटा विकसित देशहरुमध्ये आजपनि ११ वटा देशमा अहिले पनि विभिन्न प्रकारका राजसंस्थाहरु आजको दिनमा पनि विद्यमान छन् । हाम्रो यहाँ २१औँ शताब्दीमा पनि राजाको कुरा गरे भनेर नकारात्मक भाष्य निर्माण गर्न खोजिएको छ ।

ती ११ वटा विकसित प्रजातान्त्रिक देशहरु आजको दिनमा पनि कुनै न कुनै रुपमा राजालाई किन राखिरहेका छन् त ? बेलायको राजालाई अष्टे«लिया र क्यानडामा समेत मान्छन् । के त्यहाँका जनताले आफ्नै राष्ट्रपति राख्न सक्थेनन् ? जापान जस्तो विकसित देशमा आजपनि राजा राखेका छन् ।

खाडी मुलुकहरुमा आज पनि राजा राखेका छन् । हाम्रो देशमा अहिलेको लागि उचित भनेको संवैधानिक राजसंस्था नै हो । नेपालीका छोराले राजनीति गर्ने हो । राजसंस्थालाई राजनीतिमा तान्न खराबी हुदैन । यो कुरा राजाले पनि बुझेको छ र हामीले पनि भन्दै आएका छौं । विगतमा राजाले देशको लागि एक अभिभावकीय भूमिका खेल्दै आउनुभएको हो । त्यसकारण राजसंस्थाबिना यो देश अगाडि बढ्न सक्दैन । यदि संवैधानकि राजसंस्था नल्याउने हो भने देशको अस्तित्व नै नरहने स्थिति छ ।’

उनले नेपाललाई हिन्दु राष्ट्र घोषणासँगै संवैधानिक राजसंस्था स्थापनाको एजेण्डामा अडिग रहन अलायन्सलाई आग्रह समेत गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x