मङ्लबार, मंसिर ३, २०८२
Tuesday, November 18, 2025

राजसंस्था पुनःस्थापनाका लागि कुनैपनि हदसम्म जान तयार छुः काँग्रेस नेता भण्डारी

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । सनातन हिन्दु राष्ट्रको एजेण्डा उठाउँदै आएका नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले राजसंस्था पुनःस्थापनाको लागि आफू कुनैपनि हदसम्म जान तयार रहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा ‘जेन–जेड अलायन्स फर मोनार्की’ले आयोजना गरेको गोलमेच कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले आफू राजावादी नभएपनि मुलुकको आजको आवश्यकताका आधारमा राजसंस्था पुनःस्थापना गर्न बलिदानी दिन समेत तयार रहेको बताए ।

उनले नेपाली काँग्रेसभित्र पद प्राप्तिका लागि सिद्धान्तविहीन राजनीति हावी भएको आक्रोश समेत व्यक्त गरे । उनले काँग्रेसभित्र कपदप्रातिका लागि सिद्धान्त त्याग्ने प्रवृत्ति भएकै कारण आफू भ्रष्ट करार भएको समेत बताए ।

उनले भने, ‘म राजावादी होइन तर राजा देशको लागि आवश्यक भयो । त्यसको लागि म आफ्नो भूमिका निर्वाह गर्न तयार छु । परिआए बलिदान दिन पनि तयार छु । पछिल्लो समय नेपालको राजनीतिमा कस्तो मान्छे कसरी नेतृत्वमा आउँछन् भन्ने कुरा हामीले नबुझेका होइन ।

मिडियाले पनि यस्तै गर्ने हो मिडिया घेर्ने बेला आइरहेको छ । नेपालको नेपालको राजनीतिमा दलभित्र पनि ठूलो प्रभाव छ । पद प्राप्तिको लागि अहिले मान्छेले सिद्धान्त समेत त्यागिरहेको अवस्था छ । म दुःखका साथ भन्छु काँग्रेसभित्र पनि त्यो चरित्र हाबी भएको कारणले आज म बदनाम भएको छु । म भ्रष्टाचारी काँग्रेस भएको छु ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x