बारामा एमालेलाईं निषेध गर्न माओवादी र राजावादीहरु जेन–जीको नाममा तोडफोडमा उत्रिएः महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले बाराको सिमरामा जेन–जीको नाममा माओवादी र राजावादीहरुले एयरपोर्टलगायतका स्थानहरुमा तोडफोड गरेको आरोप लगाएका छन् ।
एमाले निकट राष्ट्रिय युवा संघ नेपालको आयोजना गरेको युवा भेलामा आफूलाई जानबाट रोक्न एमाले विरोधीहरुले सिमरा एयरपोर्टमा बन्द हुनेगरी तोडफोडमा उत्रेको दाबी गरेका हुन । २५÷३० जना माओवादी, राजावादीसहितका विभिन्न शक्तिहरुले एमालेको विरोध गर्न सो अपराधिक गतिविधि गरेको नेता बस्नेतको भनाई थियो ।
उनले बुधवार अपरान्ह एक कार्यक्रममा पत्रकारहरुमाझ लोकतान्त्रिक पद्धतिलाईं अंगीकार गर्न नसक्नेहरुले बारामा आफ्नो पार्टीलाई कार्यक्रम गर्न पनि निषेध गरेको जिकिर समेत गरे ।
नेता बस्नेतले भने, ‘जेन–जीको नाममा एमालेबाट आफू कमजोर भएको हौ भन्ने ठानेका अब को को हुन पहिचान नभई यही हुन् त म भन्न सक्दिन । अव मधेसमा एमालेका मुख्यमन्त्री बनेका छन । त्यहाँ धेरैलाई मन परेको छैन । राष्ट्रिय झण्डा फाल्नेदेखि तोडफोड गरेका छन ।
पत्रकार साथीहरुले पनि यसको खोजबिन गर्नुहोस् । सिमरामा पाँच दलीय गठबन्धन गरेर माओवादीले जितेको छ । अब अर्को चोटी जित्दैन । अब पनि जित्ने एमालेले नै हो । अब राप्रपाको पनि प्रभाव रहेछ । उनीहरु अव राजा ल्याउनु पर्छ भनेर लागेका छन । अब त्यहाँ धेरै शक्ति मिलेर २५÷३० जना जम्मा भएका रहेछन् । गेट भत्काएका छन् ।
हाम्रा फोटोमा लात्तीले हानेछन् । त्यहाँका स्थानीय युवाहरुले यो लोकतान्त्रिक पद्धतिमा यति त नगर्नुन । कार्यक्रममा आउन दिन त रोक्नु भएन नि । ए बाबा उहाँहरुको कार्यक्रममा तपाईहरुको आपत्ति रहेछ । त्यसमा फरक मत भए त अर्को कार्यक्रम गरे भयो । नसके घरमा चुक्कुल लगाएर लाईभ हाने पनि भयो ।’
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE