शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

काँग्रेस पूर्वउपसभापति निधीको प्रश्तावः अहिले निर्वाचनलाई नै प्राथमिकता दिउँ, महाधिवेशन वैशाखमा गरौँ

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं । नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले पार्टीको १५ औँ महाधिवेशन तत्काल गर्न नहुने बताएका छन् ।

नेपाल महिला संघले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधीले यस्तो बताएका हुन । उनले अहिलेको प्राथमिकता प्रतिनिधि सभा निर्वाचन भएको भन्दै निर्वाचन पछि मात्र महाधिवेशन गर्नुपर्ने बताए । उनले अगामी वैशाखमा पार्टीको नियमति महाधिवेशन गर्नुपर्ने भन्दै सोहीअनुसार तयारी गर्नुपर्ने बताए ।

उनले भने, ‘अहिले निर्वाचनलाई नै प्राथमिकता दिउँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन निर्वाचन सम्पन्न भइसकेपछि बैशाखमा गरौँ । र त्यसैको तयारीमा हामी सबै लागौं ।’

पछिल्लो समय काँग्रेसभित्र महाधिवेशनको विवाद उत्कर्षमा पुगेको छ । महाधिवेशनको कार्यतालिकामा सहमति नजुट्दा पार्टी केन्द्रिय समिति बैठक निष्कर्षमा पुग्न सकेको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x