मङ्लबार, मंसिर १०, २०८२
Tuesday, November 25, 2025

राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले गरायो दल दर्ता

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौँ । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगमा पुगेर दुई निर्वाचनका लागि दल दर्ता गराएका हुन् ।

पौडेलले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी दर्ता भइसकेको जानकारी दिए । शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गर्दै त्यसको जिम्मेवारी मुख्यसचिव पौडेललाई दिएको थियो ।

माघ ११ गते आइतबारको दिन हुने राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते बिहीबारको दिन हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘नेपाली कांग्रेस’ लाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गर्दछ । सो प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने लगायतका कानून बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ,’ बैठकको निर्णयमा लेखिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x