शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

पार्टीभित्रका मठाधीशहरुलाई धुपबत्ती गर्न छाडेर प्रगतिशिल पार्टी निर्माणमा लागेका छौँः जनार्दन शर्मा

  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

काठमाडौं । प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधीशहरुलाई धुपबत्ती गर्न छाडेर प्रगतिशिल पार्टी निर्माणमा लागेको बताएका छन् । प्रगतिशिल लोकतान्त्रिक पार्टीको घोषणा सभामा उनले पार्टीभित्रका मठाधीशहरुलाई धुपबत्ती गर्न छाडेर पार्टी निर्माणमा लागेको बताएका हुन ।

नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी बीचको एकता प्रक्रियाबाट बाहिरिएका नेता शर्माले प्रगतिशिल अभियान चलाएका थिए । उनले सामन्तवादको सियाशनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागीहरु अब नयाँ प्रक्रियामा सक्रिय भएको बताए ।

उनले भने, ‘सामन्तवादको सियाशनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागी हामीहरु पार्टीभित्रका मठाधिशहरुलाईलाई धुपबत्ती गर्न छाडेर प्रगतिशिल लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौँ ।’

शर्मा नेतृत्वको प्रगतिशिल राष्ट्रिय अभियान, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकता सोमवार भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x