कांग्रेस देउवाकै हस्ताक्षर लिएर चुनावमा जाँदैनः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टी चुनावमा नजाने दोहोर्याएका छन् । उनले कांग्रेस नयाँ नीति र नेतृत्वसहित चुनाव लड्ने बताएका हुन् ।
हिजो कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएको सभापति देउवाको हस्ताक्षरबाट निर्वाचन आयोगमा पार्टी दर्ता गराइएको थियो । त्यसबारे उनले भनेका छन्, ‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? मैले भनेः होइन ।’
उनले अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने दाबी गरे । उनले थपेका छन्, ‘मैले भने प्रष्ट छ अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।’
उनले अब विशेष महाधिवेशनको विकल्प नरहेको भन्दै भने, ‘कुरा स्पष्ट छ, अलमलमा नपरौँ।’
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE