मेयर बालेन शाहका बुवाको निधन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ ।
उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको बताइएको छ ।
शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि अस्पताल पुगेकी थिइन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE