ओलीलाई घनश्याम भुसालले भनेः निर्वाचन बिथोल्नेतिर नलाग्नुहोस्
काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कसैले पनि निर्वाचनलाई बिथोल्ने काम गर्न नहुने बताएका छन् । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा कसैले पनि बाधा अवरोध सृजना गर्न नहुने बताएका हुन ।
कार्यबाहक अध्यक्ष भुसालले एमाले अध्यक्ष केपी ओलीलाई पनि निर्वाचन बिथोल्न काम गर्न आग्रह गरे । ओलीका कारण मुलुकले अपूरणीय क्षति व्यहोरेको जिकिर गर्दै निर्वाचन बिथोल्न काम गर्न नहुने बताए । उनले काँग्रेसलाई चुनावको बारेमा दुविधा नपाल्न अनुरोध गरे ।
उनले भने,‘ चुनावका लागि कसैले पनि यताउता, बाधा, अवरोध नगरुन् । एमालेले पनि नगरोेस् । यो मुलुकले कमरेड ओलीका नीतिहरुले मुलुकले धेरै कुरा गुमाएको छ । असाध्यै धेरै अपूरणीय क्षति व्यहोरिसकेको छ कमरेड ओली ।
अब तपाईले पनि चुनाव विथोल्नेतर्फ नलाग्नुस् । काँग्रेसले पनि दुविधा नराखोस् । माओवादीले जे बोल्दैछ, त्यसलाई विश्वास गर्न मानिसहरुले छोडीसकेका छन् । चुनावको कुरा गरेर यसलाई बिथोल्ने कुरा नगर्नु होला ।’
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE