मधेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधबार दिउँसो २ बजे विश्वासको मत लिने भएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले मंगलबार दिउँसो ३ बजे प्रदेश प्रमुखबाट पत्र प्राप्त भएको जानकारी दिँदै बुधबार दिउँसो ३ बजेसम्म विश्वासको मत लिने बताएका हुन । मंगलबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिन लागेको उनले बताए ।
विगतमा सहयोग गरेका दलहरूले आफूलाई विश्वासको मत दिने उनको जिकिर छ । सोमबार सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने आदेश दिएको थियो ।
उनले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना नभएकाले मुख्यमन्त्री पद जाने निश्चित जस्तै छ । यसअघि एमालेबाटै सभामुख रहेका रामचन्द्र मण्डल र एमालेको सिफारिसमा प्रदेश प्रमुख बनेकी सुमित्रा भण्डारी पदमुक्त भएका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE