सरकारपिच्छेको कर आतङ्कले मुलुकको अर्थतन्त्र ध्वस्त भयो : प्रभु साह
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारपिच्छेको कर आतङ्कले मुलुकको अर्थतन्त्र ध्वस्त भएको टिप्पणी गरेका छन् । कर आतङ्कले सर्वसधारणदेखि उद्योगी, व्यापारी सबै आतङ्कित हुनुका साथै पीडित भएको उनले बताए ।
रौतहटको गौरमा बिहीबार रौतहट क्षेत्र नं. १ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारको मनोमानी कर आतङ्कले महँगी बढेको बताएका छन् । उनले करको नाममा हरेक क्षेत्रमा सरकारले आतङ्क मच्चाएको आरोप लगाए ।
‘सरकारपिच्छेको सरकारले हरेक वस्तुमा करमाथि कर लगाउने र नागरिकलाई लुट्ने काम गरिरहेको छ’, अध्यक्ष साहले भने, ‘हामी भन्दा ठुलो देश भारत र चीनमा कुनै पनि समान सस्तोमा पाउने तर नेपालमा किन त्यही समान महँगोमा पाउने ? भारतमा २ लाखमा पाउने मोटरसाइकल नेपालमा किन पाँच लाख तिर्नुपर्ने ? सरकारको करमाथि कर लगाउने, असुल्ने र राज्यको ढुकुटी सिध्याउने कामले महँगी बढेको हो ।’ सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन असफल भएको सरकारले कर छलीको नाममा निजी सम्पत्ति लुटिरहेको उनले गम्भीर आरोप लगाए ।
शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको बताउँदै उनले अहिले सबै क्षेत्रमा सरकारकारी कर आतङ्क मच्चाइएको बताए । ‘अहिले सरकारी कर आतङ्क मच्चिएको छ । हरेक वस्तुमा मनपरी कर आतङ्क रहेको छ । त्यसकारण उद्योग, व्यापार चौपट हुने अवस्थामा पुगेको छ । सर्वसाधारणले उपभोग गर्ने वस्तुहरू कर आतङ्ककै कारण महँगो भएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘गाउँ सहरदेखि सीमावर्ती क्षेत्रका सर्वसाधारण नागरिक कर आतङ्कले पीडित भएका छन् ।’
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE