प्रधानमन्त्री कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा को-को जालान ?
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको छ । सर्वपक्षीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
आज अपराह्न चार बजे बस्न लागेको बैठकमा आगामी राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी तयारीबारे छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरू सहभागि हुने जनाइएको छ । यसैबीच छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्रीय सदस्य पुष्पा भुसाल सहभागी हुने जनाइएको छ ।
कांग्रेसले निर्वाचन आयोग हेर्ने जिम्मेवारी भुसाललाई दिएको छ । निर्वाचन आयोगसहितको छलफल भएकाले भुसाललाई पठाउन लागिएको कांग्रेसले जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE