शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता (तस्वीरहरु सहित)

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रवार अपरान्ह महाराजगञ्जस्थित निवासमा पुगेर ओलीले देउवासँग भेटवार्ता भएको हो ।

जेन–जी आन्दोलनपछि देउवा र ओलीबीच भेट भएको थिएन । नेपाली काँग्रेस र नेकपा एमालेको तत्कालीन सरकार रहेका बेलामा जेन–जी आन्दोलन भएको थियो । जसका कारण ओली सत्ताच्युत भएका थिए भने काँग्रेस सभापति देउवाको निवास बुढानीलकण्ठमा देउवा दम्पतीमाथि भौतिक आक्रमण भएको थियो ।

देउवा र ओलीको निवासमा आगजनी र तोडफोड भएको थियो । भेटमा नेकपा एमाले अध्यक्ष ओलीले देउवा दम्पतीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका छन् । दुई नेताहरुबीच पछिल्लो राजनीतिक, समसामयिक विषयमा पनि छलफल भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x