३० आश्विन २०८३, शुक्रबार

मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार

0
Shares


काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् । नेपाली काँग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १–१ जनालाई मन्त्रीमण्डलमा सहभागी गराएर मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गरेका हुन ।

जनमत पार्टीबाट मन्त्री बन्नुभएका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने काँग्रेसका जंगीलाल राय र नेकपा एकिकृत समाजवादी पार्टीका कनिष पटेललाई बिना विभागीय मन्त्री बनाइएको छ ।

नवनियुक्त तीन जना मन्त्रीहरुले आजै शपथ ग्रहण समेत गरेका थिए । तीन जना नवनियुक्त मन्त्रीहरुलाई प्रदेशप्रमुख डा। सुरेन्द्र लाभले शपथ ग्रहण गरेका थिए ।