शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

कम्युनिष्टहरु सत्तामा पुग्न जोसँग पनि मिल्न थालेः गोकर्ण विष्ट

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताएका छन् । एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधवार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले न्युनतम विचार, कार्यक्रम, सिद्धान्त समेत नमिल्ने शक्तिहरुसँग मिलेर पनि एमालेले सरकार बनाएको बताए ।

१० औँ महाधिवेशनको ‘दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतलाई परास्त गरौँ, जबजको मार्ग निर्देशनमा समाजबादको आधार तयार गरौँ’ भन्ने नारा विपरित कार्यहरु भएको उनको भनाई छ । २०७९ को निर्वाचनमा संवैधानिक राजसंस्था बोकेर हिँड्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग निर्वाचनको लागि गठबन्धन गरेर अवसरवादलाई अंगालो हालेको उनले बताए ।

सरकार निर्माणमा पनि न्युनतम सहमतिको आधार, कार्यक्रम, वैचारिक निकटतालाई समेत ध्यानमा नराखी राप्रपा, काँग्रेस, माओवादी, मधेसवादी, रास्वपा सबैसँग मिलेर बनाएको उल्लेख गरे । सरकारमा जानको लागि जो कसैसँग मिल्ने प्रकारका प्रवृत्तिहरु कम्युनिष्ट आन्दोलनमा देखापरेको उनको भनाई छ । उनले यसलाई दक्षिणपन्थी अवसरवादको एउटा भद्दा उदाहरण भएको टिप्पणी गरे ।

उनले भने, ‘१० औँ महाधिवेशनले मूल नारा दिएको थियो, दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतलाई परास्त गरौँ, जबजको मार्ग निर्देशनमा समाजबादको आधार तयार गरौँ । तर यसबीचमा २०७९ को निर्वाचन हेर्दा हामीले राप्रपा, जसले संवैधानिक राजसंस्थालाई मूल्य र मान्यता ठान्दछ, उसको औपचारिक घोषणामा उल्लेख गर्दछ ।

राप्रपासँग मिलेर समेत निर्वाचन प्रयोजनको लागि गठबन्धन गर्ने जस्तो एउटा अवसरवाद हामीले देखायौँ । सरकार निर्माण गर्दा एउटा न्युनतम सहमतिको आधारमा, न्युनतम कार्यक्रमको आधारमा सरकार निर्माण गर्ने कि ? वैचारिक निकटनाको आधारमा सरकार निर्माण गर्ने कि वा राष्ट्रिय राजनितिमा देखापरेका मुख्य मुद्दाहरुलाई सम्बोधन गर्ने आधारभुत सहमतिको आधारमा सरकार निर्माण गर्ने कि ? त्यो कुनैपनि कुरामा हामीले ध्यान दिन सकेनौँ ।

कहिले राप्रपासँग, कहिले काँग्रेससँग, कहिले माओवादीसँग, कहिले मधेसवादी दलहरुसँग, कहिले रास्वपासंग अर्थात सरकारमा जानको लागी जो कसैसंग मिल्ने प्रकारका जुन प्रवृत्तिहरु हाम्रो आन्दोलनमा देखापरे, यो दक्षिणपन्थी अवसरवादको एउटा भद्दा उदाहरण यो । यसको हामीले गम्भिरतासाथ समिक्षा गर्नुपर्छ ।’

उनले संगठनात्मक क्षेत्रलाई पनि ध्वस्त बनाएको आरोप लगाए । प्रदेश कमिटीहरु १३ सयसम्म राखेर भद्दा बनाइएको उनको भनाई छ । उनले विधानका व्यवस्थलाई ठिक ढंगले पालना गर्न नसकेको बताएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x