शुक्रबार, मंसिर २७, २०८२
Friday, December 12, 2025

पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा पृथक गीत “उनिको स्विटर” सार्वजनिक

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन् । सोही क्रममा पृथक गीत “उनिको स्विटर” सार्वजनिक भएको छ ।

गीत प्रेमिल जोडीहरुको कथामा आधारित रहेको छ । यस गीतमा पार्वती बिश्वकर्मा र राम परियारको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को शब्द, गायक तथा संगीतकार रमेश बिक्रम रत्नको संगीत, रमेश सेञ्चुरीको एरेञ्ज, मनोज डंगोलको मिक्सिङ रहेको छ ।

यस गीतको भिडियोमा प्रकाश बराईली अभिब्यक्ति को निर्देशन, छायांकन, सम्पादन रहेको छ भने रबिन बिकको रंग संयोजन रहेको छ । उक्त गीतको भिडियोमा सुजन सुर्खेती, सुमित्रा पार्की, शिब पराजुली आदीको अभिनय रहेको छ । उनीको स्विटर नामक गीतलाई प्रकाश बराईली “अभिब्यक्ति” को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x