शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नेपाली सेनामा ३ सय ८८ जनाको लागि रोजगारी खुलेको छ । नेपाली सेनाले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै रोजगारी खुलेको बताएको हो ।

सेनामा रिक्त रहेका प्राविधिक–हवाई–विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरू खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरिएको छ । खुल्लातर्फ २ सय ५, महिला ३१, आदिवासी जनजाती ५३, मधेसी ४४, दलित २८ र पिछडिएको क्षेत्रका ७ जना माग गरिएको छ ।

मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म र दोब्बर दस्तुर बुझाई मिति पुस २७ गतेदेखि माघ ३ गतेसम्म आवेदन दिनुपर्ने सेनाले जनाएको छ । प्रा।सुको ४ हजार, प्रा।जम। र लेखाको ३ हजार, पण्डित सुद्धा बै ट्रेडका प्रा.अम. र अमल्दार कर्मचारीको २ हार दशतुर शुल्क रहेको छ । मंसिर २६ गतेसम्म १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको (जन्म मिति २०५७–०९–२६ गते देखि मिति २०६४–०९–२६ गतेसम्म) हुनुपर्ने पर्ने सेनाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x