शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिएको छ । आईतवार शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा उक्त प्रतिवेदन बुझाइएको हो ।

राष्ट्रपति पौडेललाई भेटेर प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन औपचारिक रूपमा हस्तान्तरण गरिन । कार्यक्रममा सुरक्षा निकायका उच्च अधिकारीहरूको पनि सहभागिता रहेको जनाइएको छ ।

प्रतिवेदनमा नेपालको समसामयिक सुरक्षा अवस्था, सीमा सुरक्षा, आन्तरिक शान्ति,सुव्यवस्था तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयहरू समेटिएको छ । अन्तरिम सरकारले सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्दै राष्ट्रिय सुरक्षा नीतिलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । राष्ट्रपति पौडेलले प्रतिवेदन ग्रहण गर्दै राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन सरकारको प्रयासको प्रशंसा गरिन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x