देउवालाई भेटेर शेखरले भने– सिरियल नम्बर बिनाका फारमका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुन सक्दैन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ। आज नेता कोइरालाले देउवालाई निवासमा पुगेर भेट गरेका हुन् । केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई साथ लिएर कोइराला सभापति भेट्न गएको कोइरालाको सचिवालयले जनाएको छ ।
क्रियाशील सदस्यता वितरण समितिले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पठाएको घटना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा कोइरालाले देउवासँग कुरा गरेका हुन् ।
भेटमा कोइरालाले क्रियाशील वितरण समितिले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पठाएको र यसले पार्टीभित्र देशैभर जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवासामु बताए । कोइरालाले बिना नम्बरका ती फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउन निर्देशन दिन देउवालाई आग्रह गरे ।
कोइरालाले ती बिना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुनै नसक्ने बताए । अनुशासन कारबाहीका सम्बन्धमा देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबैको कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिनुपर्ने धारणा बताए । २०७९ को निर्वाचनको गठबन्धनका समयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने कोइरालाको भनाइ थियो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE