टी–२० शृङ्खलामा भारत र दक्षिण अफ्रिकाबीचको खेल आज
काठमाण्डौ । भारत र दक्षिण अफ्रिकाबीचको पाँचौ तथा अन्तिम टी–२० खेल आज हुँदैछ ।
खेल अहमदावादमा नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरू हुनेछ ।पाँच खेलको टी–२० श्रृंखला भारत २–१ ले अगाडि छ । पहिलो खेल भारतले १ सय १ रनले जितेको थियो भने दोस्रो खेलमा भारत दक्षिण अफ्रिकासँग ५१ रनले पराजित भएको थियो । चौथौ खेल बाक्लो हुस्सु र वायु प्रदूषणका कारण हुन सकेन ।भारतले आजको खेल जितेमा टी–२० शृङ्खला जित्नेछ भने दक्षिण अफ्रिकाले जिते शृङ्खला बराबरी हुनेछ । यस अघि यी दुई देशबीच भएको टेस्ट शृङ्खला दक्षिण अफ्रिकाले र एक दिवसीय शृङ्खला भारतले जितेको थियो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE