योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण
काठमाडौं । विश्व ध्यान दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा मनाउने गरिन्छ । काठमाडौंको टुंडिखेलमा ध्यान र योग गरेर विश्व ध्यान दिवस मनाइएको छ ।
ध्यान कार्यक्रममा बोल्दै ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणले ओशो तपोवनमा अहिले पनि हाल पनि करिव ६० देशका मानिसहरु आएर ध्यान गर्ने गरेको बताए। ध्यान र योगको आवश्यकता नेपाल भन्दा पनि विकसित देशहरुमा रहेको उनको भनाइ छ । ध्यान र योगको विकासका लागि नेपाल सरकारले पनि सहयोग गर्न जरुरी रहेको बताए।
उनले योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय नेपालमा आवश्यक रहेको बताए । आयुर्वेदको संवद्र्धन र ध्यानका साधकका लागि अभिभावक मन्त्रालय दिन सरकारसँग उनले माग गरे।
स्वामी अरुणले धार्मिक संस्थाको पैसामा कर लगाउनु नहुने माग गरे। योग र ध्यानलाई कुनै सरकारी सहयोग नमिलेको भन्दै यसबारे सोच्न सरकारसँग उनको आग्रह छ । उनले मुठी दानमा १५ प्रतिशत कर लाग्नु दुःखको कुरा भएको बताए।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE