सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफूहरु सबैतिरको आलोचना खेप्ने अचानो नभएको टिप्पणी गरेका छन् । सर्वपक्षिय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेकी हुन् । अन्तरिम सरकारमाथि अहिले जेन–जी, राजनीतिक दलहरु सबैले प्रहार गरिरहेको उनको भनाइ छ।
प्रधानमन्त्री कार्कीलेविगतमा भएका गल्ती र कमजोरीको आवेगमा गत भदौ २३ र २४ गतेको घटना भएको र त्यसको आवेग आफूहरुले सहीरहेको बताइन्। मुलुकको निम्ति अहिले आइरहेका आक्षेपहरु खेप्न आफूहरु तयार रहेको उनको भनाइ छ । उनले राजनीतिक दल देशको लागि सर्वेसर्वा नभइ सबैभन्दा पहिला जनता हुने बताइन् । राजनीतिक दलहरु जनताको सेवा गर्न बसेको उनको भनाइ छ । उनले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरु पनि सच्चिन जरुरी रहेको बताइन् ।
उनले भने, ‘यो देशको सर्वेसर्वा भनेको जनता जनार्दन हो । हामीले कुनैपनि राजनीतिक दलभित्र आफ्नो भागबण्डा मिलेन, आफूबीचमा मन मिलेन भने त्यसको नकारात्मक असर र प्रताडना जनतालाई दिनु हुँदैन । जनताको एउटा च्वाइसको कुरा हो । यहाँ सबैभन्दा ठूलो महान भनेको जनता हो । राजनीतिक दलहरु भनेको दोस्रो कुरा हो । राजनीतिक दलहरु जनताको सेवा गर्न बसेको हो । जनता के चाहन्छन् रु अहिलेको भावना के हो रु भदौ २३ र २४ मा जुन किसिमको मुभमेण्ट भयो, हत्या र हिंसा भयो । नाबालकहरु मारिए । त्यसले जनतामा प्रभाव परेको छ । जेन–जीले के खोजेको, युवापुस्ताले के खोजेको रु हामीले त विचार गर्नुप¥यो । मेरो गोरुको बाह्रै टक्का भनेर न हामी सफल हुनसक्छौँ, न सफलताको मार्ग हो । जनताले परिवर्तन खोजेको छ भने पोल्टिकल पार्टीले पनि सच्चिनुपर्छ । मैले त के देखिरहेको छु भने, मैले भन्न नहुने हो, हामी त अचानो होइनौँ नि । हिजो जे त्रुटी भए, जे गल्ती भए, जेको परिणाबाट २३ र २४ भयो, त्यो आवेगलाई हामी झेलिरहेका छौँ । आज हामी आलोचनाको पात्र जेन–जीबाट पनि भएका छौँ, राजनीतिक दलबाट पनि भएका छौँ । हामी अचानो त होइनौँ । हामीले जे सहनुपरिरहेका छ, जे भोग्नुपरिरहेको छ, जुन किसिमको आक्षेपहरु खपिरहेका छौँ, त्यो तयार छौँ, किनभने मुलुकको निम्ति ।’
प्रधानमन्त्री कार्कीले आफूहरु जेन–जीका रगतमा ऐस आराम गर्न नआएको बताइन्। विगतमा राजनीतिक दलहरुले मस्ती गरेको तर आफूहरुले केही ऐस आराम नगरेको उनको भनाइ छ । प्रधानमन्त्री कार्कीले सबैलाई निर्वाचनमा आइदिन आह्वान गरिन् । सबै राजनीतिक दलहरु एकतावद्ध भएर शान्ति चाहने हो भने कुनै माइकलालले केही गर्न नसक्ने उनको भनाइ छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE