शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

महिला टी–२० विश्वकप छनोटको समूह र खेलतालिका सार्वजनिक, नेपालले आफ्नो पहिलो खेल थाइल्याण्सँग खेल्ने

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह विभाजनसँगै खेलतालिका पनि सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघले मंगलबार खेलतालिका सार्वजनिक गरेको हो । जसअन्तर्गत आयोजक नेपाल समूह ‘बी’मा परेको छ ।

नेपालसहित १० टोली सहभागी हुने प्रतियोगिता जनावरी १४ देखि मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ । जनवरी १४ र १६ मा वार्म अप तथा जनवरी १८ देखि मुख्य खेलहरू सुरु हुनेछन् ।

समूह ‘ए’ मा बंगालदेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छ । यस्तै समूह ‘बी’ मा नेपाल, स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे छन् ।

नेपालले आफ्नो पहिलो खेलमा १८ जनवरीमा थाइल्यान्डसँग माथिल्लो मुलपनी क्रिकेट मैदानमा खेल्नेछ । नेपालले पहिलोपटक विश्वकप एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको थियो । य

स प्रतियोगितामा दुवै समूहबाट शीर्ष ३ मा पर्ने टोलीहरू सुपर सिक्समा छनोट हुनेछन् । सुपर सिक्सबाट शीर्ष ४ टोलीहरू सन् २०२६ मा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x