३० आश्विन २०८३, शुक्रबार

मोटरसाइकल चोरी गरी अवैध रूपमा खरिद–विक्री गर्दै आएको संगठित गिरोह पक्राउ

0
Shares


काठमाडौं। धनुषा जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी अवैध रूपमा खरिद–विक्री गर्दै आएको एक संगठित गिरोहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।चोरी तथा विक्री कार्यमा संलग्न सिकिन्द्र यादवसहित १२ जनालाई नियन्त्रणमा लिई उनीहरूको कब्जाबाट ११ थान चोरीका मोटरसाइकल बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढेपछि विशेष निगरानी र अनुसन्धान अभियान सञ्चालन गरिएको बताए । अनुसन्धानका क्रममा समूहले सार्वजनिक, बजार, अस्पताल तथा आवासीय क्षेत्रबाट मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरेर कम मूल्यमा बेच्ने गरेको खुलेको छ । पक्राउ परेकामाथि चोरी तथा संगठित अपराधसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।