शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

युद्धविरामको दुई महिनाः आशा र त्रासमा गाजावासी

काठमाडौं। पछिल्ला दुई महिनामा हमास र इजरायलले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप बारम्बार लगाएका छन् ।
इजरायलले हमासले आफ्ना सैनिकहरूमाथि आक्रमण गरेको दाबी गरेको छ भने हमासले इजरायललाई निरन्तर हत्या गरिरहेको आरोप लगाएको छ । गाजास्थित स्वास्थ्य अधिकारीहरूकाअनुसार अक्टोबर १० देखि युद्धविराम लागू भएयता इजरायली आक्रमणमा ४०० भन्दा बढी प्यालेस्टिनीहरूको ज्यान गइसकेको छ । यसैबीच हिउँदले गाजामा नयाँ मानवीय पीडा थपेको छ । प्रतिकूल मौसमका कारण पालहरू र क्षतिग्रस्त भवनहरू भत्किएका छन् । संयुक्त राष्ट्र संघको डिसेम्बरको प्रतिवेदनअनुसार शक्तिशाली आँधी र बाढीका कारण करिव ५५ हजार घरधुरी प्रभावित भएका छन् । वर्षको अन्त्य नजिकिँदै गर्दा युद्धविराम केही हदसम्म कायम देखिए पनि गाजाको भविष्यलाई लिएर गम्भीर प्रश्नहरू उब्जिएका छन् ।

हमासको निशस्त्रीकरण र इजरायली सेनाको पूर्ण फिर्ता जस्ता प्रमुख मुद्दाहरू अझै सुल्झिएका छैनन् । हमासले हतियार त्याग्न अस्वीकार गर्दै युद्धविरामको दोस्रो चरणका लागि इजरायलले सम्झौता उल्लंघन बन्द गर्नुपर्ने सर्त राखेको छ । अर्कोतर्फ, इजरायली सेना प्रमुखले येलो लाइन ९पहेँलो रेखा० लाई गाजाभित्रको नयाँ सिमानाको रूपमा व्याख्या गरेका छन् । जहाँबाट इजरायली सेना पछि हटेको छैन । यद्यपि नयाँ वर्षको आगमनसँगै गाजाका बालबालिकाहरूले मृत्यु, गोलाबारी र भोकबाट मुक्त भई पुनः विद्यालय फर्कन पाउने आशा व्यक्त गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x